PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

कपाल काटेर सैलुनको उद्घाटन गर्दै पशुपतिशमशेरले भने- मधेसमा दुई प्रदेश हुनुपर्छ



रासस

कपाल काटेर सैलुनको उद्घाटन गर्दै पशुपतिशमशेरले भने- मधेसमा दुई प्रदेश हुनुपर्छ

​काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दरबारमार्गस्थित अन्नपूर्ण होटलको परिसरमा रहेको अन्नपूर्ण सैलुनको आज उद्घाटन गरे। 

उद्घाटनका क्रममा आफ्नै कपाल कटाउन लगाएका राणाले कार्यक्रममा राजनीतिक भाषण पनि गरे। उनले मधेस आन्दोलनलाई समाधान गर्न आफ्नो पार्टीले त्यस क्षेत्रमा दुई प्रदेश बनाउनुपर्ने माग गरेको बताए। त्यस्तै  संविधान कार्यान्वयनका लागि दलबीच समन्वय हुनु जरुरी रहेको औँल्याउँदै तत्काल राष्ट्रिय सरकार गठन हुने सम्भावना भने नरहेको बताए।

सैलुनका सञ्चालक विजय ठाकुरले उच्च घराना तथा विदेशीलाई लक्षित गरी सो सैलुन सुरु गरिएको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell