PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एकताको हावाहुरीले पार्टीका पतिङ्गरलाई उडायो : सिपी गजुरेल



रासस

एकताको हावाहुरीले पार्टीका पतिङ्गरलाई उडायो : सिपी गजुरेल

सिन्धुलीमाढी : नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सिपी गजुरेलले नराम्रा व्यक्तिहरुले पार्टी छाडेकाले बल्ल पार्टी शुद्धीकरण भएको जिकिर गरेका छन्।
 
नेकपा माओवादी क्रान्त्रिकारी सिन्धुली जिल्ला समितिले आज सिन्धुलीमाढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले कम्युनिस्ट आन्दोलनका अस्तित्वहीन व्यक्तिहरुले पार्टी छाड्दैमा कुनै असर नपर्ने दाबी गरे।  
 
‘अहिले एकताको खुब ठूलो हावाहुरी चलेको छ,’ उनले भने, ‘पार्टीका केही पतिङ्गरलाई त्यही हावाहुरीले उडाएर लग्यो।’ पार्टीमा अडिन नसक्नेहरु नै उडेर गएकाले आफूहरुको एजेन्डामा कुनै असर नपर्ने उनको भनाइ छ। अहिले सबै कम्युनिस्टको एकता भयो भनेर माओवादीले हल्ला फैलाए पनि त्यो कम्युनिस्ट-गैरकम्युनिस्टको मिश्रण भएको र निर्वाचनमुखी भएको उनले टिप्पणी गरे।
  
असार ५ गते पार्टीको राष्ट्रिय भेला हुने जानकारी दिँदै उनले पार्टी र सङ्गठनलाई पुनर्गठन गरिने बताए। युद्धकालीन मुद्दाका सवालमा भने माओवादीहरुसँग कार्यगत एकता हुने उनले स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell