PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अवैध बाटो भई पाकिस्तान लगिँदै गरेकी किशोरीको उद्धार



रासस

भीमदत्तनगर : भारतको बाटो हुँदै पाकिस्तान पुर्‍याउन सक्ने सूचनाका आधारमा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट एक युवतीको उद्धार गरिएको छ।

माइती नेपाल कञ्चनपुरले पोखरा भदौरेकी किशोरीको उद्धार गरेको हो। नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटोको प्रयोग गर्न सक्ने बुझियो,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘त्यहाँ गएर मानव बेचबिखनमा पर्न सक्ने भएकाले हामीले उद्धार गरेका हौं।
 
उद्धार गरिएकी किशोरीसँगै धादिङका भरत सुनारसमेत पक्राउ परेका छन्। किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँदुबई हुँदै पाकिस्तान पुगेको माइती नेपालले जनाएको छ। किशोरीलाई परिवारको जिम्मा लगाउने माइती नेपालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell