PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

देउवा भन्छन् : सरकार प्रतिपक्षीले टिकाउने होइन



रासस

लुम्बिनी : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
 
नेपाली काँग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भने, “जनताका समस्या एकातिर छन्, संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, मधेसका समस्या समाधान गर्नु परेको छ तर सरकार भने गम्भीर नदेखिएकाले काँग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको छ।’’ 
 
केन्द्रीय सदस्य बालकृष्ण खाँडले नेपाली काँग्रेस, लोकतन्त्र र तराईबीच अन्योन्यास्रित सम्बन्ध रहेकाले तराईको समस्या काँग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गरे।
 
अर्का केन्द्रीय सदस्य गगन थापाले मधेसी जनताले उठाएको जायज मागलाई सही रुपमा सम्बोधन गर्न जरुरी रहेको बताए।
 
दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा केन्द्रीय सदस्य थापा, विश्वप्रकाश शर्मालगायतले प्रशिक्षण दिनेछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell