PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​राष्ट्रपति नवलपरासीको रामग्राम स्तुप आउँदै



रासस

​राष्ट्रपति नवलपरासीको रामग्राम स्तुप आउँदै

नवलपरासी : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी हुँदै नवलपरासी आउने भएकी छन्।

राष्ट्रपति भण्डारी पहिले लुम्बिनी, त्यसपश्चात् तिलौराकोट र दिउँसो नवलपरासीको रामग्राम स्तुप आउने मौखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।  

सो अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै प्रजिअ पन्थले भने, “हामीलाई लिखित पत्र आएको छैन तर पनि मौखिक रुपमा राष्ट्रपति भण्डारी भगवान् गौतमबुद्धको अस्थिधातु रहेको स्थल नवलपरासीको रामग्राम स्तुपमा दिउँसो आउने कार्यक्रम तय भएको छ।”

२५६० औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा राष्ट्रपति भण्डारी बुद्ध जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल तिलौराकोट तथा रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न शुक्रबार यसतर्फ आउन लागेकी हुन्। 

राष्ट्रपति भण्डारीले विशेषगरी शनिबार लुम्बिनीमा आयोजना हुने २५६० औँ बुद्धजयन्ती मूल समारोह उद्घाटन गर्ने कार्यक्रम यस अगावै तय भइसकेको छ। सो भव्य समारोहमा जेठ ६ र ७ गते काठमाडौंमा जारी बौद्ध अन्तर्राष्ट्रिय गोष्ठीमा निकालिएको निष्कर्षलाई घोषणापत्रका रुपमा जारी गरिने लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell