PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

​शशांक कोइरालाको दाबी- ‘ओली सरकार आफैं गिर्छ, कसैले गिराउनु पर्दैन’



रासस

​शशांक कोइरालाको दाबी- ‘ओली सरकार आफैं गिर्छ, कसैले गिराउनु पर्दैन’

दाङ :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले हिन्दु राष्ट्र र प्रदेशको सीमांकन लगायतका विवादित विषयमा हेरफेर गर्न सकिने बताएका छन्।
 
रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा कोइरालाले जनताले चाहेमा सबै कुरा परिवर्तन हुने बताए। अहिलेको संविधान परिवर्तनीय भएकाले विवादित कुरालाई जनताले टुंगो लगाउन पाउनुपर्ने उनको भनाइ थियो।
 
‘८० प्रतिशत हिन्दु भएको देशलाई कसरी धर्मनिरपेक्ष घोषणा गर्न सकिन्छ? यसले पछि द्वन्द्व निम्त्याउने खतरा हुन्छ,’ उनले भने, ‘यसका लागि समयमै जनमत संग्रह गराई जनताको भावनाअनुसार निर्णय गर्नुपर्छ।’

अतिवादी शक्ति विभिन्न बहानामा अस्थिरता निम्त्याउन लागेको भन्दै उनले त्यसो हुन नदिन बेलैमा दलहरु लाग्नुपर्ने उनको तर्क थियो।
 
अर्को प्रसंगमा उनले ओली नेतृत्वको सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरे। ‘सरकार गिराउने खेलमा कांग्रेस लागेको छैन,’ उनले भने, ‘तर यो सरकार आफैं गिर्छ, कसैले गिराउनु पर्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell