PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

चीनको रेलबाट आएका सामान आज रसुवागढी पुग्ने, के-के छन् सामान?



रासस

चीनको रेलबाट आएका सामान आज रसुवागढी पुग्ने, के-के छन् सामान?

धुन्चे (रसुवा) : नेपाल–चीनबीचको उत्तरी नाका रसुवागढीमा चीनको रेल सेवामार्फत आएको सामग्री नेपाल भित्रने तयारी भइरहेको छ। 

काठमाडौँमा व्यवसायीले मगाएका विभिन्न प्रकारका व्यावसायिक सामान सिगात्सेसम्म रेल र केरुङ, पाङसाङसम्म ट्रकमा आइपुगेका छन्। नेपाल पठाउन बिहीबार अपराह्नदेखि नेपाली कन्टेनरमा लोड गर्ने कार्य सुरु भइसकेको चिनियाँ ढुवानी कम्पनी मुसा ट्रान्सपोर्टेसनले टेलिफोनमार्फत् जनाएको छ। केरुङको पाङसाङबाट रसुवागढीसम्मको दूरी ३२ किमी छ। 

चिनियाँ ब्रान्डका तयारी कपडा, इलेक्ट्रिक सामान, जुत्ता, चप्पल, कम्बल, सिरक लगायत विभिन्न सामान ल्याइएको मुसा ट्रान्सपोर्टेसनका प्रबन्ध निर्देशक ज्याङसे पिङले जानकारी दिए। ती सामग्री शुक्रबार रसुवागढी भित्रने बताइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell