PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लमजुङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो



रासस

लमजुङ बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

  • मदन वाग्ले              
दमौली  : तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट जाँदै गरेको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। बिहीबार साँझ मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभीरबाट करिब तीन सय मिटर तल खस्दा  दुर्घटना भएको थियो।
 
मृत्यु हुने सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घटनास्थलमै नौ जनाको र उपचारक्रममा अरु दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए।
 
घटनास्थलमै मृत्यु भएका नौ जनाको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख डा पवनजङ्ग रायमाझीले बताए। मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएकाको शव उतै राखिएकाले पोखरामै शव परीक्षण गरिने बताइएको छ।
 
ना ६ ख ४१३६ नम्बरको उक्त बस सहचालकले चलाएकाले दुर्घटना भएको र चालक सुरज विक फरार रहेको इलाका प्रहरी कार्यालय दुईपिप्लेले जनाएको छ।
  

घटनास्थलमै ज्यान गुमाउनेहरु

१. रामकृष्ण गुरुङ, ६०, मध्यनेपाल नगरपालिका १
२. रमा गुरुङ, ४०, मध्यनेपाल नगरपालिका १
३. चिनुमाया गुरुङ, ६०
४. राजु गुरुङ, ३५
५. सविता गुरुङ, १८
६. शेरबहादुर गुरुङ,  ४५
७. नारायण थापा, ४२
८. गणेश गुरुङ, ३२  
९. मीना गुरुङ, ४५

उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउनासाथ ज्यान गुमाउनेहरु

१. सागर थापा, १६, मध्यनेपाल नगरपालिका ६
२, जोया खवास, वर्ष दुई

घाइते हुनेहरु

१. सुक्मित गुरुङ, २२, मध्यनेपाल नगरपालिका ५
२. नेत्र गुरुङ, ४०, मध्यनेपाल नगरपालिका ४
३. विष्णुमाया गुरुङ, ४८
४. लीलामाया खवास, ७०
५. टेकबहादुर खवास, ६१
६. सुरेश खवास, २१
७. सम्झना गुरुङ, ३६

उनीहरुको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell