PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

​सडकबाट ट्रक खस्दा ६ जना घाइते, २ को अवस्था गम्भीर



रासस

पाँचथर : पाँचथरको एकतिनबाट फिदिमतर्फ आउँदै गरेको मालबाहक ट्रक दुर्घटना हुँदा छ जना घाइते भएका छन्।

गोलिया बोकेर आइरहेको मे१ख १८६६ नम्बरको ट्रक एकतिन–२ स्थित पञ्चमुखी छेउमा सडकबाट खस्दा दुर्घटनामा परेको थियो। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। गम्भीर घाइते पाँचथर इम्बुङ–८ बस्ने २६ वर्षीय शङ्कर कटुवाल र सोही ठाउँका ३० वर्षीय डिल्लीराम बानियाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटल लगिएको पाँचथर प्रहरीले जनाएको छ।
 
अन्य घाइतेमा पाँचथर भारपा–२ बस्ने ३१ वर्षीय होम बुढाथोकी, २४ वर्षीय टीकाराम बुढाथोकी, चालक ताप्लेजुङ थेचम्बुका राजु तिवारी, सहयोगी भारपा–४ का १९ वर्षीय मनोज तिवारी छन्। उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell