PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

पहिरोले बजारै बगायो, दुईको मृत्यु, १० बेपत्ता



रासस

पहिरोले बजारै बगायो, दुईको मृत्यु, १० बेपत्ता

  • रुपेन्द्र ऐडी-
कालीकोट : गएराति ११ बजे जिल्लाको कोटवाडा गाविसमा पर्ने स्थानीय मुख्य हाटबजार लालिघाटमा गएको पहिरोले बजार बगाउँदा तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्। 

पहिरोले बजारमा रहेका दुई दर्जनभन्दा बढी पसल बगाएको छ भने पहिरोमा करिब रु २० करोड बराबरको सामान क्षति भएको बुझिएको छ। 

पहिरो गएपछि जिल्ला सदरमुकामबाट प्रहरी लगायतको टोली उद्धारका लागि खटिएको छ । जिल्लाबाट प्रहरीसहित प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक, प्रजिअ, नेपाली सेनाको टोली पुगेको छ । स्थानीय मन तिरुवाले दिएको जानकारीअनुसार अहिलेसम्म स्युना–५ का हरि तिरुवा, स्युना–१ का सञ्जिते टमटा र उनका परिवार धनमती टमटाको शव भेटिएका छन् । 

सम्पूर्ण बजार बगाएर लगेकाले नामोनिशान नरहेको उनले बताए । प्रहरीले भने दबिएका शव निकाल्ने काम भइरहेकाले ककस्को मृत्यु भयो भन्ने कुरा जानकारीमा नआएको बताएको छ । 

प्रजिअ प्रदिप श्रेष्ठका अनुसार आफूहरु लगायतका टोली उद्धारमा रहेकाले केही समयपछि मात्र के कतिको मृत्यु भएको हो भन्ने यथार्थ कुराको जानकारी आउने बताएका छन्। एक दर्जनभन्दा बढी बेपत्ता हुनसक्ने प्रहरीले जानकारी दिएको छ । 

अघिल्लो साता कालीकोट र दैलेखको बीचमा पर्ने दैखोलामा पहिरो जाँदा एक जनाको मृत्यु भएको थियो भने एक दर्जन पसल बगाएर रु ५० लाख भन्दा बढीको क्षति भएको घटना सेलाउन नपाउँदै यो अर्को घटना भएको हो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell