PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

राजेन्द्र महतोको चेतावनी- ‘खाली हात फर्कनुपरे आन्दोलन नियन्त्रणबाहिर हुनेछ’



रासस

राजेन्द्र महतोको चेतावनी- ‘खाली हात फर्कनुपरे आन्दोलन नियन्त्रणबाहिर हुनेछ’

 काठमाडौँ : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै फर्कने बताएका छन्।
 
थापागाउँस्थित पार्टी कार्यालयमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौँकेन्द्रित सङ्घीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने दाबी गरे। ‘हामी कर्मकाण्डी आन्दोलनका लागि काठमाडौँ आएका होइनौं। अधिकार प्राप्तिका निम्ति आएका हौं,’ उनले भने, ‘आन्दोलनलाई निर्णायक बनाई अधिकार लिएरमात्रै फर्कन्छौँ।’
 
अध्यक्ष महतोले काठमाडौँबाट खाली हात फर्कनु परे आफ्नै ठाउँ मधेसमा गएर आन्दोलनलाई झनै कठोर बनाउने र त्यो आन्दोलन नियन्त्रणबाहिर हुने चेतावनी दिए।
 
अहिले पनि सरकारले गम्भीरता देखाए आफूहरुले वार्ताबाटै समस्याको समाधान चाहेको उल्लेख गर्दै उनले थपे, ‘सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति र मुद्दा फिर्ता गर्नुपर्छ।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell