PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

यति सानो किताव !



रासस

यति सानो किताव !

काठमाडौँ : साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह सानो आकारमा आजदेखि बजारमा आएको छ।
 
साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको सो कृति सम्भवतः नेपालकै सानो आकारको कृति हो। मोबाइलको सिम कार्ड आकारको कृतिमा केटाकेटीको प्रफुल्लता, मानवीय छटपटी, चरा तथा चराले गाउने गीत, हिमाल ताल, सौन्दर्य, पीडालगायत विषयका ५१ हाइकु समाविष्ट छ।
 
जापानको साहित्य हाइकु अहिले नेपालमा समेत लोकप्रिय बन्दै गएको छ। साहित्यकार शङ्कर लामिछाने यसलाई नेपालमा पहिलो पटक विसं २०१९मा प्रवेश गराएका थिए। तीन हरफमा ५–७–५ अक्षरमा हाइकु लेखिन्छ जहाँ ऋतु, मौसम, संस्कृति विम्बका रुपमा प्रयोग हुन्छ। 
 
स्पर्श नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले कृति विमोचन गर्दै स्रष्टा कतै पनि पूर्वाग्रही नभई मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिए।
 
प्रा डा रामकुमार पाँडेले नेपाली विभिन्न जातजाति, धर्म संस्कृतिमा फैलिएको बताउँदै यी सबैका बीच एकता भए मात्र राष्ट्रिय एकता बलियो हुन्छ भने। प्राज्ञ श्रवण मुकारुङ र  साहित्यकार मित्रबन्धु पौडेलले नेपाली साहित्यमा हाइकुको महत्व बढ्दै गएको बताउँदै जीवनजगत्का कुरा अभिव्यक्त हाइकुमा सजिलो हुने विचार व्यक्त गरे।
 
रचयिता पुरीले हाइकु रचनासरल भाषामा गर्दा पठनीय हुने बताए। रासस
फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell