PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

फ्राइडे रिलिज : दुई लभ स्टोरी - 'के म तिम्रो होइन र' अनि 'विरानो माया'



रासस

फ्राइडे रिलिज : दुई लभ स्टोरी - 'के म तिम्रो होइन र' अनि 'विरानो माया'

काठमाडौँ : यो साता लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ रिलिज भएका छन्। यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् ।

‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये हालसम्मकै राम्रो व्यापार गरेको दावी गरिन्छ। त्यसताका ‘कोहिनूर’ देशैभरि करिब ६५ हलमा प्रदर्शन भएको थियो भने ‘के म तिम्रो होइन र’ अझ बढेर ७५ भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ । 

आर्यन अधिकारी र करिष्मा पोखरेलले नायक/नायिकाको  ‘डेब्यू’ गरेको यो चलचित्रमा दुवैले राम्रो चर्चा पाइसकेका छन् । चलचित्रमा सङ्गीत वसन्त सापकोटा र ताराप्रकाश लिम्बूले दिएका छन् र केही गीतले प्रदर्शनअघि नै चर्चा पाइसकेका छन् । सुरेश अधिकारीले निर्माण गरेको चलचित्रमा प्रज्वलसुजल गिरी, गौरी मल्ल, मिथिला शर्मा आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ । 

त्यस्तै, माधव खरेलले निर्देशन गरेको चलचित्र ‘विरानो माया’मा पनि श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा विसी आदि कलाकारले अभिनय गरेका छन् । 

मिलन लामा र सावित्री अधिकारीको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम कथा’लाई आधार बनाएर नेपाली मौलिक भाषा र संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक खरेलले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell