बनेपा : काभ्रेपलाञ्चोकको दोलालघाट गाविस–३ स्थित सुनकोसी नदीमा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ भने अर्का एक बेपत्ता छन्।
मृत्यु हुनेमा दोलालघाट–४ निवासी ११ वर्षीय सञ्जीव ठकुरी र १० वर्षीय सनोज पहरी छन्। तेह्र वर्षीय नवीन ठकुरी अहिलेसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।
अपराह्न् १ बजेदेखि पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन बालकमध्ये ३ बजे सनोजको र साँझ ५ बजे सञ्जीवको शव नदी किनारमा फेला परेको उनले बताए। बेपत्ता भएका नवीनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। रासस