PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने, बेसक्याम्पबाट नाम्चे बजारसम्मको दौड



रासस

​तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने, बेसक्याम्पबाट नाम्चे बजारसम्मको दौड

काठमाडौँ : बेलायत–नेपाल द्विशतवार्षिकीका अवसरमा यही जेठ १६ गते तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन हुने भएको छ । 

यसअघि सन् २००३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीले सगरमाथा विजय गरेको ५० वर्ष पुगेको अवसरमा त्यस्तो म्याराथनको आयोजना गरिएको थियो । यही जेठ १६ गते आयोजना हुने सो दौडमा सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर समापन हुने कार्यक्रम छ । 

नेपालमा हालै गएको भूकम्पपछिको पुनःनिर्माण गरौँ भन्ने सन्देश प्रवाह गर्न ‘प्रथम लुम्बिनी–सगरमाथा शान्ति ज्योति धावन’ नाम पनि दिइएको सो म्याराथन गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु भई सगरमाथा आधार शिविरमा पु¥याइनेछ । 

नेपालका ख्यातिप्राप्त धावक वैकुण्ठ मानन्धरको नेतृत्वमा नेपालको राष्ट्रिय ओलम्पियन धावकको एक टोलीले उक्त शान्ति ज्योति खुम्बु लैजाने कार्यक्रम छ । म्याराथुनमा चिनियाँ धावक गुआन यादी, स्कटिस धावक ज्यामी रोस मकेनिज, भारतका धावक रोशनी राईलगायतले भाग लिनेछन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell