PahiloPost

May 14, 2024 | १ जेठ २०८१

  • अमेरिकाबाट फर्किए प्रधान सेनापति

    काठमाडौँ : प्रधान सेनापति राजेन्द्र क्षत्री डेढ साताको अमेरिकाको औपचारिक भ्रमण पूरा गरी गएराति नेपाल फर्केका छन्।   प्रधान सेनापति स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी लगायतका उच्च सैनिक अधिकारीहरुले स्वागत अभिवादन गरेका थिए।   सो अवसरमा सेनाको टुकडीले प्रधान सेनापतिको सम्मानमा सम्मान गारत प्रदान गरेको थियो।   अमेरिकी सेनाको कमान्ड एण्ड जनरल स्टाफ कलेज, फोर्ट लिभेनवर्थ, कान्सास…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा सङ्गम होटलभित्र दुईको हत्या

    भीमदत्तनगर : कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरस्थित गल्ली नं ४ मा रहेको सङ्गम होटलका दुई मजदुरको गएराति हत्या भएको छ भने एक अर्का मजदुर गम्भीर घाइते भएका छन्।   गएराति करिब १२ बजे सङ्गम होटलमै काम गर्दै आएका बाजुराका २० वर्षीय भीम रोकाया र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४५ वर्षीय कृष्ण विष्टको होटल भित्रै हत्या भएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया गएका महेन्द्र तीन वर्षदेखि सम्पर्कविहीन

    जाजरकोट : वैदेशिक रोजगारीका लागि मलेसिया गएका टालेगाउँ–१ जाजरकोटका महेन्द्रसिंह तीन वर्षदेखि सम्पर्कविहीन छन्। कमाइ गर्न विदेश गएका महेन्द्र सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा छन्।   आर्थिक अवस्था कमजोर भएकाले बेखबर महेन्द्रको खोजी उनको परिवारले गर्न सकेको छैन। महेन्द्र मलेसियाको सलङ्गार जिल्लास्थित एल आइ कम्पनीमा घडी रेडियोसम्बन्धी कामका लागि गएका हुन्।   ललितपुरको जावलाखेलस्थित लक्की एचआर म्यानपावर प्रालिमार्फत रु एक लाख…

    विस्तृतमा पढ्नुस्

  • होस्टलबाट हराए रक्सौलमा भेटिए

    सिन्धुली : सिन्धुलीमा यही वैशाख १७ गते बिहानबाट हराएका बालक आज रक्सौलमा भेटिएका छन्।   सिन्धुलीमाढीस्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाट आदर्श बस्नेत हराएका थिए। उनी आज बिहान १० बजे वीरगन्जको रक्सौलमा भेटिएका हुन्।   एकसातापछि भेटिएका उनी किन विद्यालयको होस्टल छाडेर भागे भन्ने कुरा खुल्न सकेको छैन। कलकत्ता जान लागेको खबर पाएपछि परिवारका सदस्यहरु खोज्नका लागि रक्सौल पुगेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ट्याङ्करको ठक्करबाट शिक्षिकाको मृत्यु

    काठमाडौँ : खानेपानीको ट्याङ्करले ठक्कर दिँदा गोकर्णेश्वर नगरपालिका–१४ दक्षिणढोकामा एक शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ।   गोठाटारस्थित बाल राष्ट्रिय निमाविमा अध्यापन गराएर श्रीमान् गोपाल खनालले चलाएको बा३८प ६०८७ नंको स्कुटीको पछाडि बसेर घर जाँदै गर्दा ना४ख १००६ नंको ट्याङ्करले ठक्कर दिँदा ३७ वर्षीया विमला खनालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।    ट्याङ्कर र चालक श्यामबहादुर तामाङलाई…

    विस्तृतमा पढ्नुस्

  • डेपुटी गभर्नर तथा कवि सिवाकोटीका कविता वाचन

    पथरी : विराटनगरमा जारी विराट पुस्तक प्रदर्शनीअन्तर्गत बुधबार कवि चिन्तामणि सिवाकोटीको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ।   नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरसमेत रहेका सिवाकोटी तीन दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन्। घोस्ट राइटिङ नेपालको आयोजनामा जारी पुस्तक प्रदर्शनीअन्तर्गत सिवाकोटीको एकल कवितावाचन बुधबार सम्पन्न भएको हो।   पुस्तक प्रदर्शनीस्थल, मारवाडी सेवा सदन, शनिहाटमा हरेक दिन…

    विस्तृतमा पढ्नुस्

  • टेन्डर दर्ता गर्न गएका तामाङमाथि खुकुरी प्रहार

    गोरखा : मिरकोटको पालुङगैरे सामुदायिक वनमा ठेक्का दर्ता गर्न गएका तनहुँ, शुक्लागण्डकी नगरपालिकाका जङ्गबहादुर तामाङमाथि खुकुरी प्रहार भएको छ।   दाउरा तथा गोलाइ काठ खरिदका लागि टेन्डर दर्ता गर्न गएका तामाङमाथि जङ्गलमा लुकेर बसेका गोरखाको थालाजुङ क्षेत्रका ठेकेदारले बुधबार आक्रमण गरेका हुन्। प्रहरी चौकी, मिरकोट, रातमाटेका असई एकवीर मल्लका अनुसार थालाजुङ्गका ठेकेदार कलबहादुर गुरुङको निर्देशनमा डिलमान गुरुङले तामाङमाथि खुकुरी प्रहार…

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारलाई मोहनविक्रमको साथ

    काठमाडौँ : नेकपा (मसाल)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा आफू नभएको जनाएको छ।   मसालका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा भारतले चाहेअनुसार संविधान संशोधन गराउने सोचसहित नयाँ सरकार बनाउने चलखेल भएको उल्लेख गरिएको छ।   ‘भारतले तराई वा मधेसका जनताको समस्यालाई त्यहाँका जनताको मुक्तिका लागि होइन, आफ्नो विस्तारवादी उद्देश्यको पूर्तिका लागि प्रयोग गर्ने प्रयत्न…

    विस्तृतमा पढ्नुस्

  • अदालतले ३ करोड जरिवाना तोकेपछि फरार महिला १० वर्षपछि पक्राउ

    विराटनगर : दश वर्षअघि विदेशी विनिमय अपचलनको मुद्दामा अदालतबाट रु तीन करोडभन्दा बढी जरिवाना तोकिएकी एक फरार महिलालाई पक्राउ गरिएको छ।   मोरङको बेलबारी–३ बस्ने थिरकुमारी बस्नेतलाई क्षेत्रीय अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।   काठमाडौँ जिल्ला अदालतले उनलाई २०६२ साल असोज १४ विदेशी विनिमय अपचलनको मुद्दामा रु तीन करोड ४८ लाख ८३ हजार ५९०…

    विस्तृतमा पढ्नुस्

  • डेढ किलो सुनसहित समातिए अर्जुन

    हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले वैशाख २२ गते बिहान करिब ३:४५ बजे हेटौँडा उपमहानगरपालिका–१७ रातोमाटेस्थित प्रहरी चेकपोस्टमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बा३ख ४७४६ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा अवैध रुपमा लुकाइछिपाइ ल्याएको एक किलो ५०० ग्राम सुनसहित एकजनालाई पक्राउ गरी हिरासतमा लिएको छ।   रौतहट जिल्ला गौर नपा–१३ बस्ने ३० वर्षीय अर्जुन सिंहलाई अवैध सुनसहित पत्रकारसम्मेलनमार्फत प्रहरीले सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • हतियारसहित समातिए लागू औषधका तस्कर

    काठमाडौँ : लागु औषधसहित हतियार कारोबारीमा संलग्न तीन अभियुक्त पक्राउ परेका छन्।       महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मोरङका शनिश्चरे–३ का ३१ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर हेटौँडाका ४५ वर्षीय रामचन्द्र थापा र ललितपुर मनिखेलका ३९ वर्षीय दीपक सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो।   पक्राउ परेका अभियुक्तमध्ये थापाको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको ‘साइलेन्सर’ जडित पेस्तोल…

    विस्तृतमा पढ्नुस्

  • कतारले नेपाललाई दियो नौ वटा मर्सिडिज बेन्ज

    कतारले नेपाललाई दियो नौ वटा मर्सिडिज बेन्ज

    काठमाडौँ : कतार सरकारले नेपाललाई नौ वटा मर्सिडिज बेन्ज कार सहयोगस्वरुप उपलब्ध गराएको छ।   परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारका राजदूत अहमेद जसीम महोमद अलि अल–हमेरले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई ती कारको साँचो हस्तान्तरण गरे।   सो अवसरमा परराष्ट्रमन्त्री थापाले सामाजिक तथा आर्थिक क्षेत्रमा कतार सरकारले महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको बताउँदै संविधान जारी भएपछि नेपालमा लगानीका…

    विस्तृतमा पढ्नुस्

  • ​कालो मोसो दल्नेलाई समाउँदा निजी स्कुल बन्द!

    काठमाडौँ : यहाँका सामुदायिक तथा निजी शैक्षिक संस्था आज बन्द गरिएका छन्।    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको हो।   यही वैशाख १५ गते काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्करप्रसाद गौतममाथि कालोमोसो दलेर दुर्व्यवहार गर्ने क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश अधिकारी र जिल्ला सदस्य विकास अधिकारीलाई प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय जान घरबाट निस्केका तीन जना बाटोबाटै बेपत्ता

    रत्ननगर : पूर्वी चितवनका तीन जना विद्यार्थी तीन दिनदेखि बेपत्ता भएका छन्।   कालिका नगरपालिका–६, खोलेसिमलका अस्विन धमला, कालिका–६, गुराउचौरका थोमस लामिछाने र कालिका–८, लंकालाईनका राजु गुरुङ बेपत्ता भएको परिवारले जनाएका छन्।   स्थानीय सिद्धी विनायक आवासीय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीय ती विद्यार्थी विद्यालय जान भनी घरबाट हिँडेका र खोलेसिमल बजारबाट बेपत्ता भएको थोमस लामिछानेको बुबा…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा चढ्न २९९ तयार, १४ विदेशीले चढे अन्नपूर्ण

    सगरमाथा चढ्न २९९ तयार, १४ विदेशीले चढे अन्नपूर्ण

    काठमाडौँ : यस बर्षको वसन्तऋतुमा आठ हजार मिटरमाथिको पहिलो आरोहण सफल भएको छ।       यो मौसमको पहिलोपटक आज आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल दुई भिन्न समूह (टिम) का १४ विदेशी आरोहीले सफल आरोहण गरेका छन् भने उनीहरुसँगै १८ जना नेपाली शेर्पाहरुले पनि आरोहण गरेका छन्।       पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले दिएको जानकारीअनुसार आरोहण गर्नेमध्ये सेभेन…

    विस्तृतमा पढ्नुस्

  • क-कसले तिरेनन् कर? कामपाले गर्‍यो नाम सार्वजनिक

    काठमाडौँ : पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन्।     काठमाडौँ महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न मानिरहेका छैनन्।   कामनपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सञ्चालनमा रहेको सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस…

    विस्तृतमा पढ्नुस्

  • १२ को परीक्षा : एक प्रश्नपत्र, ७ ठाउँमा गल्ती !

    काठमाडौँ : उच्च माध्यमिक शिक्षा परिषद्ले यस वर्ष लिएको कक्षा १२ को अङ्ग्रेजी परीक्षाको प्रश्नपत्रमा गल्ती भेटिएको छ।   आजदेखि देशभर सुरु भएको कक्षा १२ को परीक्षाको प्रश्नपत्रमा सातभन्दा बढी ठाउँमा गल्ती भेटिएको हो।   नवोदित उच्च माध्यमिक विद्यालय सामाखुसीमा परीक्षा दिएका नेसनल स्कुल अफ साइन्स (निस्ट) कलेजका विद्यार्थी अमिर चौलागाईंले वार्षिक परीक्षाको प्रश्नपत्र गल्ती हुँदा आफूहरु अन्योलमा परेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार बन्न एसएलसी होइन १२ पास गर्नुपर्ने प्रस्ताव

    पत्रकार बन्न एसएलसी होइन १२ पास गर्नुपर्ने प्रस्ताव

    रत्ननगर : नेपाल पत्रकार महासङ्घले एसएलसी मात्र गरेका व्यक्तिले पत्रकार बन्न नपाउने गरी विधान संशोधनको प्रस्ताव ल्याएको छ।   मङ्गलबारदेखि चितवनको रत्ननगरमा हुन लागेको विधान सभामा उक्त संशोधन प्रस्ताव पेस गर्न लागिएको पत्रकार महासङ्घले जनाएको छ। महासङ्घले सभासद्लाई अध्ययनका लागि दिएको उक्त विधान संशोधनको प्रस्तावमा पत्रकार बन्नलाई अब कम्तीमा पनि उच्च माध्यमिक तह वा सो सरहको पढाइ हुनुपर्ने प्रावधान राखिएको…

    विस्तृतमा पढ्नुस्

  • डोल्पामा यार्सा संकलन सुरु, उत्साह छैन यसपाला

    त्रिपुराकोट : डोल्पा जिल्लाको हिमाली भेगमा यार्सागुम्बा सङ्कलन कार्य सुरु भएको छ।   वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन्। सङ्कलनका लागि अन्य जिल्लाबाट समेत सर्वसाधारण डोल्पा आउन थालेका छन्। तर गत वर्ष जस्तो सङ्कलकको हिमाली भेगमा उपस्थिति देखिएको छैन।   गत वर्ष सङ्कलन गरिएको यार्सागुम्बा बिक्री नभएका कारण यस वर्ष सर्वसधारण खासै…

    विस्तृतमा पढ्नुस्

  • यता खडेरी, उता केन्यामा भारी वर्षाबाट १४ को मृत्यु, नैरोबीको जीवन तहसनहस

    यता खडेरी, उता केन्यामा भारी वर्षाबाट १४ को मृत्यु, नैरोबीको जीवन तहसनहस

    नैरोवी : दक्षिण एसिया लगायतका ठाउँहरुमा चर्को गर्मी र खडेरी जारी रहँदा उता केन्याको राजधानी नैरोेबीमा भने भारी वर्षा भएको छ। शुक्रबार रातिदेखि भएको वर्षाका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ।   अकस्मात शुक्रबार राति भारी वर्षा भयो र त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान नै गएको छ– नैरोवी प्रहरीले जनाएको छ।   सो वर्षाले राजधानी नैरोवीको जनजीवन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell