PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

यता खडेरी, उता केन्यामा भारी वर्षाबाट १४ को मृत्यु, नैरोबीको जीवन तहसनहस



रासस

यता खडेरी, उता केन्यामा भारी वर्षाबाट १४ को मृत्यु, नैरोबीको जीवन तहसनहस

नैरोवी : दक्षिण एसिया लगायतका ठाउँहरुमा चर्को गर्मी र खडेरी जारी रहँदा उता केन्याको राजधानी नैरोेबीमा भने भारी वर्षा भएको छ। शुक्रबार रातिदेखि भएको वर्षाका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ।
 
अकस्मात शुक्रबार राति भारी वर्षा भयो र त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान नै गएको छ– नैरोवी प्रहरीले जनाएको छ।
 
सो वर्षाले राजधानी नैरोवीको जनजीवन तहस नहस बनाएको छ। यस वर्षाका कारण कैयौं व्यक्ति घाइते तथा हजारौँ विस्थापित भएका छन्। 


​नैरोबीका प्रहरी प्रमुख जफेथ कुमले भनेका छन्– शुक्रबार रातभरिको अविरल वर्षाकै कारण त्यसमा परी १४ जनाको ज्यान गएका छ र अरु कैयौं विस्थापित भएका छन्। 

उनले वर्षाका कारण एउटा छ तल्ले भवन भत्किएको र त्यसमा रहेका सात जनाको घटनास्थलमै ज्यान गएको जानकारी दिए । 

पूर्वी नैरोवीको हुरुमा क्षेत्रमा यस्तो भिषण वर्षा भएको छ । वर्षाका क्रम शनिबार बिहान घटेपनि यसको खतरा भने नटरेको अधिकारीहरुको भनाई छ। रासस/एपी 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell