PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

हतियारसहित समातिए लागू औषधका तस्कर



रासस

काठमाडौँ : लागु औषधसहित हतियार कारोबारीमा संलग्न तीन अभियुक्त पक्राउ परेका छन्।
     
महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मोरङका शनिश्चरे–३ का ३१ वर्षीय नारायण श्रेष्ठ, मकवानपुर हेटौँडाका ४५ वर्षीय रामचन्द्र थापा र ललितपुर मनिखेलका ३९ वर्षीय दीपक सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो।
 
पक्राउ परेका अभियुक्तमध्ये थापाको साथबाट प्रहरीले ‘मेड इन युएसए’ लेखिएको ‘साइलेन्सर’ जडित पेस्तोल एक थान तथा दुई राउन्ड गोली भरिएको म्यागजिन एक थान बरामद गरेको छ। त्यस्तै श्रेष्ठ र सापकोटाका साथबाट लागुऔषध लोराजिपाम् ३०० ट्याबलेटसमेत बरादम भएको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
अभियुक्तलाई हातहतियार खरखजना तथा लागुऔषध अपराधमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell