PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

क-कसले तिरेनन् कर? कामपाले गर्‍यो नाम सार्वजनिक



रासस

काठमाडौँ : पछिल्लो समय होटल करको दायरामा आए पनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न अझै आलटाल गर्दै आएका छन्।  
 
काठमाडौँ महानगरपालिकाका अनुसार कर नतिरेको भन्दै कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न मानिरहेका छैनन्।
 
कामनपाका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार सञ्चालनमा रहेको सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस पार्क, काठमाडौं प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थानले हालसम्म कुनै पनि कर तिरेका छैनन्।
 
त्यस्तै सिटिसी मलले सबै कर तिरिसकेको छ भने पुष्पाञ्जलि हलले घरजग्गा र मनोरञ्जन कर बाँकी राखेको छ। नेसनल ट्रेडिङले तीन वर्षदेखि कर तिर्न बाँकी राखेको छ अल्फाबिटाले किस्ताबन्दीमा कर तिर्दै आएको छ र के एल टावर कुनै पनि कर नतिरेको कामपाले बताएको छ। त्यस्तै वल्ड ट्रेड सेन्टरले बहाल कर तिरेको छ भने घरजग्गा कर तिरेको छैन।
 
यसरी कर नतिर्ने व्यावसायिक र संस्थानको लागि कामपाले चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्नेलगायतका कारबाही गर्ने बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell