PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

होस्टलबाट हराए रक्सौलमा भेटिए



रासस

सिन्धुली : सिन्धुलीमा यही वैशाख १७ गते बिहानबाट हराएका बालक आज रक्सौलमा भेटिएका छन्।
 
सिन्धुलीमाढीस्थित सूर्योदय इङ्लिस बोर्डिङ स्कुलको होस्टलबाट आदर्श बस्नेत हराएका थिए। उनी आज बिहान १० बजे वीरगन्जको रक्सौलमा भेटिएका हुन्।
 
एकसातापछि भेटिएका उनी किन विद्यालयको होस्टल छाडेर भागे भन्ने कुरा खुल्न सकेको छैन। कलकत्ता जान लागेको खबर पाएपछि परिवारका सदस्यहरु खोज्नका लागि रक्सौल पुगेका थिए। भागेर रक्सौल पुगेका उनी किन भाग्नुपर्ने अवस्थामा पुगे त्यसको कारण भने खुल्न सकेको छैन। अहिले ती बालकलाई विद्यालयका प्रिन्सिपल सोनी पाण्डेसहित आफन्तले लिएर आउँदैछन्।
 
छोरो किन भागेको हो भन्ने अन्योल रहेको र केही नबताएको आमा रमा बस्नेतको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell