PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

अदालतले ३ करोड जरिवाना तोकेपछि फरार महिला १० वर्षपछि पक्राउ



रासस

विराटनगर : दश वर्षअघि विदेशी विनिमय अपचलनको मुद्दामा अदालतबाट रु तीन करोडभन्दा बढी जरिवाना तोकिएकी एक फरार महिलालाई पक्राउ गरिएको छ।
 
मोरङको बेलबारी–३ बस्ने थिरकुमारी बस्नेतलाई क्षेत्रीय अनुसन्धानको टोलीले बुधबार पक्राउ गरेको पूर्वक्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
 
काठमाडौँ जिल्ला अदालतले उनलाई २०६२ साल असोज १४ विदेशी विनिमय अपचलनको मुद्दामा रु तीन करोड ४८ लाख ८३ हजार ५९० जरिवाना तोकेको थियो। विशेष सुराकी परिचालन गरी उनलाई आफ्नै घरबाट पक्राउ गरी अदालतसमक्ष पेस गरिएको क्षेत्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानकारी गराए।
 
बस्नेत उपर भएको जरिवानाको लगत जिल्ला अदालत मोरङमा भएकाले जिल्ला अदालतमै बुधबार उपस्थित गराई विराटनगरस्थित कारागारमा पठाइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell