PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

अमेरिकाबाट फर्किए प्रधान सेनापति



रासस

काठमाडौँ : प्रधान सेनापति राजेन्द्र क्षत्री डेढ साताको अमेरिकाको औपचारिक भ्रमण पूरा गरी गएराति नेपाल फर्केका छन्।
 
प्रधान सेनापति स्वदेश फर्कनु हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी लगायतका उच्च सैनिक अधिकारीहरुले स्वागत अभिवादन गरेका थिए।
 
सो अवसरमा सेनाको टुकडीले प्रधान सेनापतिको सम्मानमा सम्मान गारत प्रदान गरेको थियो।
 
अमेरिकी सेनाको कमान्ड एण्ड जनरल स्टाफ कलेज, फोर्ट लिभेनवर्थ, कान्सास र वार कलेज, कार्लिस्ले ब्यारेक, पेन्सिलभेनियामा इन्टरनेसनल फेल्लोज हल अफ फेम इन्डक्सन (इएचओएफ) समारोहमा भाग लिन प्रधान सेनापति यही वैशाख १२ गते त्यता गएका थिए।
 
अमेरिकी सेनाका शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्री सम्मान लिन गएका थिए।
 
यी दुवै अमेरिकी सैनिक शिक्षण संस्थाको इन्टरनेसनल हल अफ फेममा सम्मानित हुने उनी नेपाली सेनाको पहिलो प्रधानसेनापति हुन्।
 
अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापतिले त्यहाँका उच्चपदस्थ अधिकारीलगायत वरिष्ठ सैनिक अधिकृत र संयुक्त राष्ट्रसङ्घका पदाधिकारीसँग भेटवार्ता गरे।
 
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सम्बन्धलाई थप प्रगाढ र सुदृढ तुल्याएको नेपाली सेनाले विश्वास लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell