PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

मलेसिया गएका महेन्द्र तीन वर्षदेखि सम्पर्कविहीन



रासस

जाजरकोट : वैदेशिक रोजगारीका लागि मलेसिया गएका टालेगाउँ–१ जाजरकोटका महेन्द्रसिंह तीन वर्षदेखि सम्पर्कविहीन छन्। कमाइ गर्न विदेश गएका महेन्द्र सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा छन्।
 
आर्थिक अवस्था कमजोर भएकाले बेखबर महेन्द्रको खोजी उनको परिवारले गर्न सकेको छैन। महेन्द्र मलेसियाको सलङ्गार जिल्लास्थित एल आइ कम्पनीमा घडी रेडियोसम्बन्धी कामका लागि गएका हुन्।
 
ललितपुरको जावलाखेलस्थित लक्की एचआर म्यानपावर प्रालिमार्फत रु एक लाख ३५ हजार बुझाई मलेसिया गएका महेन्द्र २०७० कात्तिकदेखि सम्पर्कविहीन भएको उहाँकी आमा गङ्गा सिंहले बताइन्।
 
छोरोलाई विदेश पठाउने एजेन्ट तथा म्यानपावर कम्पनीले कहिले केटी केशमा विवाद भएर काम गर्ने कम्पनी छोडेर भाग्यो भन्ने त कहिले अरुको पैसा लगेर भाग्यो भन्ने गरेको आमा गङ्गाले बताइन्।
 
मरेको भए लाश, बाँचेको भए सासको लागि आफूले बारम्बार एजेन्ट लक्की एच आर म्यानपावर प्रालि जावलाखेल ललितपुरका प्रतिनिधि तिला काफ्ले तथा जाजरकोट टालेगाउँकै हस्तकला चलाउनेलाई फोन गरिरहेको गङ्गाको भनाइ छ।
 
उनीहरुले प्रत्येक पटकमा कुरा फेर्ने गरेकाले मिलोमतोमा छोराको अवस्था यस्तो भएको आमा गङ्गाको शङ्का छ। आँखाभरि आँसु पार्दै महेन्द्रकी आमाले “विदेश गएर दुःख गरी केही धन कमाउँछु र भाइबहिनीलाई पढाउने तथा परिवारलाई राम्रोसँग पाल्छु भनेको थियो। अहिले छोरा नै बेपत्ता छ। खोजी गरिदिनु पर्‍यो,’ भनिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell