PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

घर जाँदै गर्दा पुलबाट खसे, ठाउँको ठाउँमै मृत्यु



रासस

उर्लाबारी : मोरङको सिसवनी गाविसमा पुलबाट खसेर गएराति एक व्यक्तिको मृत्यु भएको छ।
 
राति १० बजेको समयमा सिसवनी–७ स्थित बूढीखोलाको पुलबाट खसेर सोही ठाउँका ५० वर्षीय वुधुवा झाँगडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।
 
घरतर्फ जाँदै गर्दा पुलबाट ३० मिटर तल खसेका झाँगडको घटनास्थलमै मृत्यु भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell