PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

जंगलमा अलपत्र सिलाजित



रासस

बेनी : प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन हुन सकेको छैन।
     
सिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडौंको नोक्सानी भइरहेको छ।
 
म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा सिलाजित पाइन्छ। सिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताउँछन्।
 
नुनिलो र टर्रो स्वाद हुने सिलाजित भिरपहरामा मात्र पाइन्छ। सिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन्। पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर सिलाजित बत्रे गरेको बताइन्छ।
 
कालो सिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नशासम्बन्धी रोग निको हुने जनविश्वास छ।
 
सिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकहरुले बताएका छन्। सिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक रु १० करोडसम्मको सिलाजित बिक्री हुन सक्ने प्रवल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ।
 
बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा सिलाजित खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ। बजारमा प्रतिदशग्राम सिलाजित रु २५ देखि रु ३० सम्ममा बिक्री हुन्छ।
 
तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ। वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र सिलाजित निर्यात हुने गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell