PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

युक्रेनमा शान्तिवार्ता भङ्ग, पच्चीस महिना लामो युद्धविराम अन्त्य



रासस

किभ : युक्रेनमा विद्रोहीसँग गएको करिब २५ महिनादेखि जारी रहेको युद्धविरामको अन्त्य भएको छ।
 
युक्रेनमा रसियाली समर्थक युक्रेनी विद्रोहीले देशको पूर्वी भू–भाग रसियासँग मिलाउन पाउनुपर्ने मागसहित विद्रोह गरेका छन्।
 
उक्त मागका कारण दुई वर्षअघिदेखि युक्रेनमा हिंसा भड्किएको हो। सो हिंसापछि सरकार र युक्रेनी विद्रोहीबीच वार्ताको प्रयास भएको हो।
 
उक्त वार्ता प्रयास असफल हुन पुगेको छ। त्यसका लागि दुई वर्षभन्दा लामो समयदेखि युद्धविराम गरिएको थियो।
 
सो उच्चस्तरीय शान्तिवार्ता समितिले कुनै पनि निष्कर्ष निकाल्न नसकेपछि सोमबार वार्ता भङ्ग भएको बताइएको छ।
 
सो समाचारसँगै युद्धविरामको पनि अन्त्य भएको छ। यसैक्रममा सोमबार एकजना सैनिक मारिएका छन्।
 
युक्रेनका ती सैनिक रसियाली समर्थक विद्रोहीको आक्रमणमा परी मारिएको समाचारमा जनाइएको छ।
 
गतहप्ता बर्लिनमा बसेको शान्तिवार्ता समितिको बैठकले नै वार्ताको औचित्य समाप्त भएको बताएको थियो। त्यस यता वार्ता भङ्ग भएको समाचारमा जनाइएको छ।
 
रसियाली भाषीहरूको बाहुल्यता रहेको भनिएको पूर्वी भू–भागमा पछिल्लो समयमा विद्रोह हिंसात्मक हुने गरेको छ।
 
सन् २०१४ को अप्रिल महिनादेखि सुरु भएको सो हिंसामा परी कम्तीमा पनि नौ हजार ३०० मानिसको ज्यान गएको छ।
 
साथै सो हिंसाका कारण २१ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। तथा देशको पूर्वी क्षेत्रबाट लाखौँ नागरिक विस्थापित पनि भएका समाचारमा जनाइएको छ।
 
युक्रेनको क्रिमिया क्षेत्रले जनमत सङ्ग्रह गरी रसियामा गाभिने निर्णय गरेपछि त्यसको सिको देशको पूर्वी क्षेत्रमा पनि भएको बताइन्छ।
 
उक्त आन्दोलनलाई रसियाले सहयोग गरेको भनाई युक्रेनको छ। तर पनि रसियाले भने त्यसमा आफ्नो देशको हात नरहेको बताउदै आएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell