PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

स्याउ बोकेको कन्टेनर पल्टियो, राजमार्ग बन्द



रासस

धुन्चे : केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु राजमार्ग बन्द भएको छ।
 
गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
 
सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन। कन्टेनर पन्छाउन काठमाडौंबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए।
 
धुन्चेबाट काठमाडौँ जाने र काठमाडौँबाट केरुङतर्फ जाने सयौँ सवारीसाधन रोकिएर बसेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell