PahiloPost

May 15, 2024 | २ जेठ २०८१

अदालतमा सांसदको टोलीले गरे तोडफोड, न्यायाधीशमाथि अपशब्द, कारबाही गर्न बारको माग



रासस

काठमाडौँ : नेपाल बार एसोसिएसनले जिल्ला न्यायाधीश भोजराज शर्मा इजलासमा बसिरहेका अवस्थामा एक सांसदसहितको टोलीले तोडफोड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा बुधबार बारा जिल्ला अदालतका न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले इजलासमा तोडफोड गरी उनीविरुद्ध अपशब्द प्रयोग गरेकोप्रति गम्भीर ध्याकर्षण भएको जनाएको हो। 

विज्ञप्तिमा भनिएको छ– “घटनामा छानबिन गरी अमर्यादित र आपत्तिजनक एवम् गैरकानुनी कार्य गर्ने गराउने दोषीलाई कडा कारबाही गरी सरकारले न्यायपालिकाप्रतिको स्वतन्त्रता र निष्पक्षतालाई जोगाउनुपर्छ ।” 

न्यायाधीशजस्तो गरिमामय व्यक्तित्वमाथि मुद्दा फैसला गरेका आधारमा गरिएको अमर्यादित र अभद्र व्यवहारले स्वतन्त्र न्यायपालिकाको मर्ममाथि प्रहार गरेको बारले जनाएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell