PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

यस्तो बन्दैछ सेनाको हेडक्वार्टर, प्रधानसेनापतिले गरे शिलान्यास



रासस

यस्तो बन्दैछ सेनाको हेडक्वार्टर, प्रधानसेनापतिले गरे शिलान्यास


भूकम्पका कारण सेनाको मुख्यालयसमेत क्षति पुगेपछि नयाँ निर्माण हुन लागेको जंगी अड्डा भवनको विधिवत रुपमा शिलान्यास गर्दै प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री। सौजन्यः नेपाली सेना,रासस

गएको वर्ष वैशाख १२ गते गएको भूकम्पबाट नेपाली सेनाको मुख्यालयसहित मुलुकभर सेनाका एक हजार १०९ वटा भौतिक संरचना पूर्णरुपमा क्षति भएको थियो । 

भूकम्पले जर्जर अवस्थामा पु¥याएको सैनिक मुख्यालयको मुख्य भवन हटाएर त्यहाँ रहेका विभागलाई व्यवस्थित गरेपछि नयाँ भवन निर्माणको थालनी भएको हो । 

भूकम्प गएको ठीक एक वर्ष पुगेको बेला नयाँ निर्माणको थालनी गरिएको सैनिक मुख्यालयको भवनले करिब दुई लाख ८५ हजार वर्ग फिट क्षेत्रफल ओगट्नेछ । 

भूकम्प प्रतिरोधात्मक जङ्गी अड्डाको आधुनिक भवन आगामी दुई वर्षभित्र निर्माण पूरा हुने लक्ष्य रहेको नेपाली सेनाले जनाएको छ । रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell