PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

डिजेल र पेट्रोलको नापतौलमा ठगी गर्ने पक्राउ



रासस

गौशाला : पेट्रोल पम्पबाटै डिजल र पेट्रोल ठगी गरेको आरोपमा महोत्तरी प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ।
     
जलेश्वर नगरपालिका– ५ मा रहेको न्यु विकास आयल स्टोर्सबाट डिजेल र पेट्रोल बिक्री गर्दा नापतौलमा कमी गरी दिने गरेको आरोपमा प्रहरीले सो पम्पका कामदार मनोज साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
     
महोत्तरीका सहायक प्रजिअ किरण थापाको नेतृत्वमा प्रहरीको टोलीले डिजेल र पेट्रोल नाप गर्दा पाँच लिटर डिजेलमा ८० मिलिलिटर कम भएको र पाँच लिटर पेट्रोलमा १७५ मिलीलिटर कम भएको पाएको थियो।
 
नापतौलमा ठगी गर्दै आएका सो पम्पका कामदार साहलाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी गराए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell