PahiloPost

Sep 10, 2026 | २५ भदौ २०८३

९६ वर्षको उमेरमा दिलमायाको हातमा नागरिकता!



रासस

भोजपुर : भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन्।

भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गरेका हुन्।

शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ।

शिविरमा स्वास्थ्य, वन, कृषि, पशुसेवा, महिला विकास, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैकलगायतका कार्यालयको सेवा प्रवाह भएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell