PahiloPost

May 14, 2024 | १ जेठ २०८१

विप्लव माओवादीले आन्दोलन घोषणा गरेपछि रिहा भए माइला लामा



रासस

काठमाडौँ : गिरफ्तारीमा परेका नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा जनकलाकार माइला लामालाई आइतबार प्रहरीले रिहा गरेको छ । 

नियन्त्रणमा लिनुका कारण खुलाउन र निसर्त रिहा गर्न माग गर्दै पार्टीले आन्दोलनको घोषणा गरेपछि प्रहरीले आवश्यक पर्दा हाजिर हुने गरी रिहा गरेको हो। 

शनिबार साँझ पार्टीको प्रशिक्षण कार्यक्रम सकेर निस्किरहेका बेला कपनबाट लामा र विद्यार्थी नेता चिरञ्जीवी ढकाललगायत कार्यकर्तालाई गिरफ्तार गरिएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell