PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै



रासस

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
फाइल फोटो।

काठमाडौं : समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिवार बस्ने भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा शनिवार ४ बजे बस्ने बैठकले मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी)का नेता जगन्नाथ खतिवडाले जानकारी दिए। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell