PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र



रासस

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
प्रतीकात्मक फाइल फोटो।

बैतडी : वर्षाका कारण पहिरो खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी-झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटदेखि छुट्ने सवारीसाधन पूर्णरुपमा बन्द भएका छन्। पहिरो पन्छाउनका लागि डोजर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell