PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु



रासस

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु

रेसुङ्गा : गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। चट्याङ लागेर मुसिकोट नगरपालिका-१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानका अनुसार बुधवार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्। उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell