PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी



रासस

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत। (फाइल)

काठमाडौं : डा सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन्।

यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ। पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ। यसैगरी डा शरद सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell