PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

शरणार्थी प्रकरणः थप तीन अभियुक्तको बयान सुरु



रासस

शरणार्थी प्रकरणः थप तीन अभियुक्तको बयान सुरु
फाइल फोटो

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा आरोपित इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ। इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर विभिन्न कारण देखाउँदै राईले आइतबार बयान दिन अस्वीकार गरेपछि उनलाई बयानका लागि लगिएको हो। यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell