PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ट्र्याक्टर दुर्घटना हुँदा सहचालक रहेका बालकको मृत्यु



रासस

ट्र्याक्टर दुर्घटना हुँदा सहचालक रहेका बालकको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

सिन्धुली : सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा बुधवार ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ। बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको हो। उनी ट्र्याक्टरका सहचालक थिए।

मृतकको शव परीक्षणका लागि सिन्धुली अस्पताल लगिएको छ। दुर्घटनाको कारणबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell