PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ट्रकको ठक्करबाट चितवनमा एक साइकलयात्रीको मृत्यु



रासस

ट्रकको ठक्करबाट चितवनमा एक साइकलयात्रीको मृत्यु

चितवन : पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका-४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट राप्ती-४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३-००१ख १८६३ नम्बरको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell