PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गर्मी बढेसँगै कैदीबन्दीमा देखिन थाल्यो छालाको समस्या



रासस

गर्मी बढेसँगै कैदीबन्दीमा देखिन थाल्यो छालाको समस्या
Photo: skinkraft.com

चितवन : जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो। बसाइँ साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए।

विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए। गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए।

उनले भने, ‘यो समस्या अझै फैलनसक्ने देखिन्छ।’

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए। यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनले भनाइ छ।

कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन्। दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन्। तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमल प्रसाद आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell