PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

लिम्पियाधुरा, लिपुलेक कसैले खोसेर लैजान सक्दैन : गगन थापा



रासस

लिम्पियाधुरा, लिपुलेक कसैले खोसेर लैजान सक्दैन : गगन थापा

मोरङ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो साँस्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बिहीवार पत्रकारसँग कुरा गर्दै थापाले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताए।

उक्त अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे।

उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताए। महामन्त्री थापाले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गरे।

उनले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell