PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु



रासस

भारतमा सवारी दुर्घटनामा परी चार नेपालीको मृत्यु

दोधारा चाँदनी : भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ। शनिवार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ-बुहारी कल्पनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरु सबै पूजापाठ सकेर फर्किरहेका थिए।

दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई अस्पताल पुर्‍याउने बित्तिक्कै मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे जानकारी नआएको जनाएको छ।

‘विभिन्न सञ्चारमाध्यमबाट घटनाबारे जानकारी प्राप्त भएपनि आधिकारिक रुपमा केही जानकारी आएको छैन,’ प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell