PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

श्रीमानको कुटाइबाट घाइते वडा सदस्यको मृत्यु



रासस

श्रीमानको कुटाइबाट घाइते वडा सदस्यको मृत्यु
प्रतीकात्मक फोटो

बनेपा : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमान कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान मृत्यु भएको हो।

श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए। 

विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ। कुटपिट गर्ने उनका श्रीमान् शम्भु विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell