PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

जहाँ विवाह गर्न अनिवार्य बनाइयो वडाको सिफारिस...



रासस

जहाँ विवाह गर्न अनिवार्य बनाइयो वडाको सिफारिस...
प्रतीकात्मक फाइल फोटो।

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका-९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ। बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो।

वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको वडाध्यक्ष गिरीले जानकारी दिए। वडालाई बालमैत्री वडा घोषणा गरिएको छ।

बालमैत्री वडाको दिगोपनका लागि विवाह गर्न उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताए। जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell