PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध



रासस

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
फाइल फोटो।

अर्घाखाँची : अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध भएको छ। सन्धिखर्क-६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क-६ नरपानीकै दहखोला र शीतगङ्गा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख प्रनाउ रिजालले जानकारी दिए। सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रु बिचमै रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell