PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेपालगञ्जस्थित कारागारभित्रै कैदीले शौचालयमा झुण्डिएर गरे आत्महत्या



रासस

नेपालगञ्जस्थित कारागारभित्रै कैदीले शौचालयमा झुण्डिएर गरे आत्महत्या
प्रतीकात्मक फाइल फोटो।

जानकी : बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन्।

जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ताले बिहीवार बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए। मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell