PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता



रासस

बाढीमा बेपत्ता एकजनाको शव १३ दिनपछि भेटियो, १९ जना अझै बेपत्ता

किमाथाङ्का : सङ्खुवासभाको हेवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।

चैनपुर नगरपालिका-११, दुम्कट्टामा बिहीवार साँझ शव फेला परेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फेला परेको शव खाँदबारी जिल्ला अस्पतालमा शव परीक्षणका लागि ल्याइएको उनले बताए।

फेला परेको शव पाँचखपन नगरपालिका-७ का ३३ वर्षीय भुवनसिं तामाङकी श्रीमतीले आफन्तको भएको जिकिर गरेपनि पुष्टि हुन सकेको छैन। बाढी पहिरोमा परेका अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन्। बाढी पहिरोबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell