PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक



रासस

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
फोटो : रासस

मुग्लिन : पहिरोका कारण अवरुद्ध नारायगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना-५ स्थित तीन नम्बर पुलमा सोमवार बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।

पहिरो पन्छाइ सडक दुईतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ ख ७१० नम्बरको ट्रकका चालकसमेत घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।

यसअघि शनिवार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतवार  साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत बिहीवारदेखि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell