PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

ईश्वर पोखरेलको धम्की : निर्वाचन अधिकृतलाई चिनिराख्नुहोला, हिसाबकिताव हुनेछ



पहिलोपोस्ट

ईश्वर पोखरेलको धम्की : निर्वाचन अधिकृतलाई चिनिराख्नुहोला, हिसाबकिताव हुनेछ

  • राजेन्द्र आचार्य -
चितवन : नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुचारु नगराएपछि मुख्य निर्वाचन अधिकृतलाई तारो बनाएको छ। 

भरतपुर पुगेका एमाले महासचिव ईश्वर पोखरेलले निर्वाचन अधिकृत विरुद्ध धम्कीपूर्ण भाषण गरेका हुन्। भरतपुरको रोकिएको मतगणनालाई एमालेले प्रतिष्ठाको विषय बनाएको छ।

एमाले महासचिव ईश्वर पोखरेलले भरतपुरको मतगणना स्थल बाहिर भने – ‘निर्वाचन अधिकृत चिनिराख्नुहोला। कसको दाना पानी खाएर चलिराख्नु भएको छ। त्यसको हिसाब किताब यथासमयमा हुनेछ।‘

मतगणना सुचारु गराउन एमालेले दवाव दिए पनि कानुनी आधार देखाउँदै मुख्य निर्वाचन अधिकृतले गणना स्थगित गरेका थिए। आइतबार बेलुका मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतले मतगणना स्थगित गरेका हुन्। मतपत्र च्यातिँदा आफू शौचालयमा रहेको उनले बताएका थिए। 

पोखरेलले भरतपुरमा एमालेले सुरु गरेको धर्ना कार्यक्रममा भने, 'सुरक्षाकर्मीहरुले भनेका छन् मत च्यात्ने को को हुन्। किटानी जाहेरी दिएका छन्। तर निर्वाचन अधिकृतले पुन: निर्वाचन हुनुपर्छ भन्ने ढंगले नभएको विवरण दिएको हामीले सुनेका छौँ। जो जुन ठाउँमा छ त्यो ठाउँको मर्यादा नबिर्सियोस्।‘

पोखरेलले भरतपुरमा एमाले जिताउने उद्देश्य भन्दा पनि लोकतन्त्रको अभ्यास कमजोर हुन नदिन गणना गर्नुपर्ने अडान आफ्नो पार्टीको भएको दावी गरे। 

‘मतगणना फेरि जारी गरियोस्। फेरि मतदान स्वीकार्य छैन। पुन: मतदान गरियो भने सशक्त प्रतिकार गर्छौँ,’ उनले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell