PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

एपीएल टी-२० को अक्सन सम्पन्न, नेपाली स्ट्रोम टिममा चार नेपाली खेलाडी



पहिलोपोस्ट

एपीएल टी-२० को अक्सन सम्पन्न, नेपाली स्ट्रोम टिममा चार नेपाली खेलाडी

काठमाडौँ : नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय स्तरको एसियन प्रिमियर लिग (एपीएल) टी २० क्रिकेटको सोमबार अक्सन भएको छ। जसमा नेपालका ४ खेलाडी नेपाल स्ट्रोम्स टीमका लागि बिक्री भएका छन्।

नेपालबाट भुपेन्द्र थापा सर्वाधिक १ लाख भारतीय रुपैयाँमा बिक्री भए भने सिद्धान्त राज शाही ७० हजार तथा अमरसिंह राउटेला र राजविर सिंह समान ६० हजार भारतीय रुपैयाँमा बिक्री भएका आयोजक अल्टिमेट स्फोर्ट्स म्यानेजमेन्ट कम्पनीका प्रमुख आरएस डण्डीवालले बताए।

यस्तै नेपाल स्ट्रोम्सको आइकन प्लेयर्समा परेश लोहनी छन्। आइकन प्लेयर्सको हकमा भने अक्सन नगरेको डण्डीवालले बताए।

उनका अनुसार सोमबार गरिएको एकदिने अक्सनमा भारतीय खेलाडी मन्दीप सिंह सर्वाधिक २.३५ लाख बिक्री भएका छन्। डण्डीवालले अक्सन भएका बाँकी खेलाडीहरुको बारेमा प्रतियोगिताको अफिसिएल वेवसाइटमा गएर हेर्न सकिने बताए।

जुन १९ बाट जुलाई ४ सम्म कीर्तिपुरस्थित टियू मैदानमा हुने १५ दिने प्रतियोगितामा नेपाल स्ट्रोमसँगै ६ टोलीको सहभागिता रहनेछ। जसमा नेपाल स्ट्रोम्सको कप्तानी युएइका खेलाडी स्वप्निल पाटिलले गर्नेछन्। यस्तै इण्डियन स्टार्सको कप्तानी पूर्व श्रीलंकन खेलाडी तिलकरत्ने दिल्लसानले गर्नेछन्।

यस्तै बंगलादेश टाइगर्सको कप्तान अल अमैन हुसेन, श्रीलंकन लायन्सको कप्तान परफेज महारुप, दुबई वारियर्सका कप्तान अब्दुल महारुफ अफगानिस्तान बुल्सका कप्तान राना नावेद उल हसन छन्।

एपीएलको विजेताले ४० लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछन्। अक्सनको प्रत्यक्ष प्रशारण गरेको सोनी सिक्सले प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गर्नेछ।

प्रतियोगिताका बारेमा नेपालमा नकरात्मक चर्चा भएपनि आफूहरुले राष्ट्रिय खेलकुद परिषद राखेपसँग सम्बन्धन लिएर यस प्रतियोगिता गर्न लागेको र सबै विषय पारदर्शी हुने आयोजक प्रमुख डण्डीवालले बताए।

आइसीसी र एसीसीबाट कुनै मान्यता नभएको र यो एउटा नर्मल लिग भएको समेत उनले स्पष्ट पारे। आइसीसीसँग मान्यता लिन थोरैमा पनि ६ महिना लाग्ने र त्यती समय आफूहरुसँग नभएकोले बिना मान्यता नै खेलाउन लागेको बताए।

नेपालमै हुन लागेको प्रतियोगितामा किन नेपाली खेलाडीहरु ४ जना मात्र परे भन्ने प्रश्नमा डण्डीवालले किन नेपाली खेलाडीहरुले रजिस्टर गरेनन् भनेर उल्टै प्रतिप्रश्न गरे। 'हामीले ६ महिना अघि देखि रजिस्टरका लागि फर्म ओपन गरेका थियौँ, तर नेपाली खेलाडीले किन भरेनन्?'

'जति नेपाली खेलालीहरु रजिस्टर थिए त्यही सर्टलिस्टबाट हामीले अक्सनमा बोली लगाएर सोल्ड गरेका हौँ,' उनले प्रस्टाए। उनले नेपालका कप्तान पारस खड्का र सोमपाल कामीसँग कुरा भएपनि पारस अमेरिकामा रहेको र सोमपाल उपलब्ध हुन नसकेको प्रतिक्रिया दिए।

यस्तै नेपालको मैदान प्रयोग गर्ने सन्दर्भमा पनि राखेपसँग सहमति भएको बताए। 'हामीले यहाँ यसअघि चलेकोअनुसार नै रकम तिरेर मैदान बुक गरेका छौँ। त्यसका लागि राखेपसँग नै सहमति गरेका छौँ। राखेपसँग मान्यता लिएर नै मैदान र ग्राउण्ड स्टाफहरुङ्को प्रयोग गर्नछौँ र त्यही अनुसार रकम तिर्नेछौँ।'
 

उत्साही आइकन प्लेयरहरु

श्रीलकन पूर्व कप्तान समेत रहेका तिलकरत्ने दिल्साले नेपालमा खेल्न पाउँदा आफूहरु एकदमै उत्साहित भएको बताए। 'हामी यहाँ आएर नयाँ युवा खेलाडीहरुसँग खेल्न उत्साहित छौँ,' दिल्सानले भने। 'यो प्रतियोगिता भनेकै विशेष गरी युवा खेलाडीहरुको लागि हो। आशा छ अर्को वर्ष अझै राम्रो हुनेछ।'

यस्तै नेपाली क्रिकेटको बारेमा कती जानकार छ? भन्ने प्रश्नमा दिल्सानले रोए डाएस नेपाली टिमको प्रशिक्षण सम्हालेको र थोरै जानकार रहेको बताए। उनले यस प्रतियोगितापछि आफूले अझै धेरै सिक्ने प्रतिक्रिया दिए।

यस्तै अफगानिस्तान बुल्सका कप्तानी गर्न लागेका पाकिस्तानी पूर्व फास्ट बलर राना नावेद उल हसनले नेपालमा खेल्ने सुनेर उत्साहित भएको बताए। 'हामी यहाँको क्रिकेट विकास होस् र अरुले पनि यहाँको बारे जानोस् भनेर आएका हौँ।'

पूर्व पाकिस्तान ब्याट्सम्यान तथा अफगानिस्तान बुल्सका मेन्टर रहेका इमरान नाजिरले सन् २००० को दशकमा नेपालसँग खेलेको स्मरण गर्दै आफूहरु क्रिकेट खेल मार्फत नेपालमा सहयोग गर्न आएको बताए।

'हामी यहाँ आउन पाउँदा खुशी छौँ। यस्तो टुर्नामेन्टहरुले युवा खेलाडीहरुलाई फाइदा पुर्याउँछ। हामीले खेलेको देखेर पनि यहाँका युवा क्रिकेटरहरुले धेरै सिक्न सक्छन्।'


यता क्रिकेट प्लेयर्स एसोशिएसन अफ नेपाल सिप्यानले सोमबारै विज्ञप्ति जारी गर्दै नेपालमा यस्तो खालको प्रतियोगिताहरु हुनु राम्रो भए पनि आफूहरु आयोजक बारे त्यती धेरै जानकार नभएको र नेपाली खेलाडी तथा अफिसिएलहरुको सहभागिता नहुने बारे अनभिज्ञ रहेको उल्लेख छ। सिप्यानमा महासचिव रहेका कप्तान पारस खड्काद्वारा जारी विज्ञप्तीमा नेपाली यू-१९ खेलाडीको प्रशिक्षण पनि भर्खरै सुरु भएकोले उनीहरुको प्रशिक्षणमा बाधा पुग्ने बताइएको छ।

सिप्यानको विज्ञप्ती


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell